stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

माण्डु हाइड्रोपावरको नाफा १३ प्रतिशतले बढ्यो

रिटेन अर्निङमा ४६ करोड ४७ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा १३.३२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ११ करोड २२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा यसको नाफामा वृद्धि देखिएको हो ।असोजसम्म यसले २५ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष २४ करोड ४० लाख रुपैयाँ थियो ।

यसको वित्तीय खर्च पनि ७ करोड ४१ लाखबाट घटेर ६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा १७ करोड १४ हजार रुपैयाँ छ ।

त्यस्तै, रिटेन अर्निङमा ४६ करोड ४७ लाख रुपैयाँ जम्मा छ ।असोजसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३३ पैसा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४६ रुपैयाँ ५५ पैसा छ। यसले गत भदौ १० गतेदेखि प्रिमियम थप गरी २०६ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

हालसालै यसले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश प्रस्ताव पारित गर्न मंसिर १५ गते वार्षिक साधारण सभा गर्ने पनि निर्णय गरेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज हुनेछ । तसर्थ, मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

prabhu mahalaxmi
kumari