macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माथिल्लो मैलुङ खोलाको आइपीओ शुक्रबार बाँडफाँट हुने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माथिल्लो  मैलुङ खोलाको  आइपीओ शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा  क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गरिने तय भएको हो ।

यता, माथिल्लो मैलुङको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ ।

यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९(२०२२ मा उक्त रेटिङ दिएको थियो ।

यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ । कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

३० असोज २०८०, मंगलवार १६:२२ बजे प्रकाशित

NTA long ad