वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामै १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाए
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामै १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसअघि साउन महिनामा वाणिज्य बैंकहरुले समग्रमा ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ ।
यसले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ ।
यता, दुई महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक र कुमारी बैंकले पनि १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् ।
यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यसले दुई महिनामा २७ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
























