citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार आएको छ । यस अवधिमा कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीको नाफा १ लाख ५० हजार रुपैयाँ मात्र थियो । अरुण काबेलीले बिजुली बेचेर आम्दानी गर्न थालेपछि यसको नाफामा ह्वात्तै सुधार आएको हो ।

यस अवधिमा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा कम्पनीको निर्माण काम नसकिएकाले बिजुली बिक्रीबाट कुनै आम्दानी गर्न सकेको थिएन ।

अरुण काबेलीले गत कात्तिक २३ गतेबाट काबेली बी–१ जलविद्युत आयोेजनाबाट २५ मेघावाट विद्युत उत्पादन गरी बिक्री गर्न थालेको छ ।
चैत मसान्तसम्म आइपुग्दा अरुणको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यता रिजर्भ कोषमा भने २ करोड ९८ लाख ५१ हजार रुपैयाँ छ । गत वर्ष यसको रिजर्भ कोष १ करोड ५३ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०३ पैसा र पतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९९ पैसा रहेको छ ।
gold
kumari bank