citizens life insurance long ad
stcnepal long ad

नेपाल मेडिकल कलेजले विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलले एक महिनाका लागि आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने भएको छ।

कलेजले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएको छ । कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल वेडहरु निःशुल्क गरिएको बताएका छन् ।

यहि पुस १५ गतेदेखि माघ १५ गते सम्म आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने जानकारी दिदै कलेजमा अब कुनैपनि उपचारका लागि आउने विरामीले एक महिनासम्म ओपिडीको टिकटमा पैसा तिर्नु पर्दैन भने जनरल वेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ ।

‘इमरजेन्सीमा आउने सम्पूर्ण विरामीहरुलाई विरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौं, ओपिडीमा पनि नयाँ र पुरानो दुवै विरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने, साधारण शैयामा भर्ना हुन आउने विरामीलाई पनि शैया शुल्कमा ५० प्रतिशत छुट गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले जानकारी दिएका छन् ।

६ महिना अगाडी मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिक लगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जनाएको छ ।

‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन् । आथिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं ।’ अन्सारीले भने ।

समय सापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउँदै कलेजले आउँदा दिनहरुमा आइसियू सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिदै त्यसका का लागि थप २३ वटा आइसियू वेड थप गर्ने भएको छ ।

यस्तै, मृगौला, क्यान्सर रोग लागेका विरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरु प्रभावकारी बनाउँदै लैजाने बताएको छ ।

आगामी वर्षहरुमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्यावसहितको पूर्वाधार थप्ने जानकारी गराइएको थियो ।कलेजले आकस्मिक सेवालाई थप व्यवस्थित र २४ सै घण्टा विशेषज्ञ सहितको चिकित्सक ब्यवस्थापन गरेको छ ।

इमरजेन्सीमा आउने कुनैपनि विरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका बरिष्ठ चिकित्सकको नेतृत्वमा इमरजेन्सी सेवा रहेको बताइएको थियो ।

यसैगरी कलेजले ल्याव तर्फका सेवालाई पनि थप गर्ने भएको छ । निकट भविष्यमै अस्पतालको ल्याव तर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने जानकारी दिदै । ‘अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्ने छौं ’ अन्सारीले भने ।

कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ । सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरुलाई ल्याव, वेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिने समेत जानकारी गराइएको छ ।

IME Life
kumari