stcnepal long ad
global ime bank long

नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’ डिजिटल वालेट’ मा पैसा राख्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअनुसार नबिल बैंकका ग्राहकलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको जनाएको छ।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्।

उक्त सम्झौताका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने( ‘यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ।

नबिल बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८७ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सन्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।

एक उच्च प्रशिक्षित समूह र मजबुत तथा सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्ष बैंकिङ अनुभवका साथ बैंकका ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित रहेको सो बैंकले जनाएको छ।

IME Lifesidebar
kumari