थप ९ जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ४५३ पुग्यो
Coronavirus cell disease. Coronavirus flu background. Dangerous cases of flu. Medical health risk. Vector illustration.
आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार
काठमाडौँ । नेपालमा पछिल्लो परीक्षणको नतिजा अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ९ जना थपिएसँगै संक्रमितको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
यसअघि १७ जनामा कोभिड- १९ संक्रमणको पुष्टी भएको थियो । यसअघिका नयाँ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् । झापाको केचनाकवलमा मात्र १५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।





























