सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार
काठमाडौँ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ । जिटुजि प्रक्रियाद्वारा नेपाली सेनाले तेस्रो चरणमा ति स्वास्थ्य सामाग्री भित्र्याएको हो । थप १२ वटा कन्टेनर सामाग्री तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइपुगेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले यस अघि विमानबाट १९ टन र तातोपानी नाका हुँदै आठ टन औषधि लगायत स्वास्थ्य सामग्री भित्र्याइसकेको छ । नेपाली सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिद गर्न चिनिया सरकारी स्वामित्वको कम्पनी सिनो फर्मासँग सम्झौता गरेको छ । त्यसका लागि नेपालले करिव दुई अर्ब रुपैया भुक्तानी गरिसकेको छ ।
चीनबाट हालसम्म ३५ टन औषधि भित्रिएको छ । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागेको छ । बाँकी सामग्री पनि विमान र स्थलमार्गबाट ल्याउने तयारी छ । सरकारले चैत १६ गते सेनालाई औषधि ल्याउने जिम्मेवारी दिएको थियो ।
























