stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अर्थ मन्त्रीबाट खतिवडा नहटने हल्ला चलेसँगै सेयर बजार ओरालो लाग्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । काठमाडौं । माघ १३ अर्थ मन्त्रीबाट डा. युवराज खतिवडा नहटने हल्ला चलेसँगै सेयर बजार ओरालो लागेको छ । खतिवडा अर्थ मन्त्रीबाट हट्दै छन भन्ने हल्ला चलेपछि अघिल्लो दुई साता नेप्से करिव १०० अंकले बढेको थियो । तर, गत सातादेखि अर्थमन्त्री खतिवडा नहटने भन्ने भन्ने समाचार बाहिर आएपछि सेयर बजार पुन ओरालो लाग्न पुगेको छ । साढे १३०० अंकको नजिक पुगेको नेप्से हिजोसम्ममा १२७६.६८ अंकमा आइपुगेको छ । यसरी निरन्तर रुपमा नेप्से घटनुलाई अर्थ मन्त्री खतिवडाको कार्य अवधि थपिने सम्भावना बलियो भएको भन्ने गरिएको छ ।
लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई रुचाएका छैनन् । सेयर बजारप्रति उदार नभएकाले पनि लगानीकर्ताले यस्तो मानसिकता बनाएका हुन् । उनी अर्थमन्त्री भएदेखि नै सेयर बजार खासै बढन सकेको छैन् । उनले सेयर बजारप्रति लिएको कठोर नीति र बचनले गर्दा लगानीकर्ता उनीप्रति सन्तुष्ट छैनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका सदस्यमा खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थ मन्त्रीमा उनको निरन्तरता नहुने संकेत देखिएको थियो । तर अहिले भने उनी जेठसम्म अर्थमन्त्री हुने सम्भावना देखिएको छ ।
खासगरी अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजार उकालो लागेको थयो । तर, राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन् सोही प्रक्रियाबाट पुनः आउन सक्ने सम्भावना बढेपछि फेरी सेयर बजार ओरालो लाग्न पुगेको बताइन्छ ।
खतिवडा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये खतिवडाको कार्यकाल माघ २० मा सकिँदै छ । रिक्त हुने सो सिटमा खतिवडालाई नै ल्याउने सम्भावना बलियो बन्दै गएको छ ।
राष्ट्रिय सभा सदस्यमा उनको निरन्तरता नभए पनि आगामी २० भदौसम्म उनले अर्थ मन्त्रीका रूपमा काम गर्न पाउने देखिन्छ ।
खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया सुरु गरिसकेकाले पनि उनलाई तत्काल नहटाउने सम्भावना बलियो बनेको हो । उनी सांसद रहे पनि, नरहे पनि आगामी आर्थिक वर्षको बजेट भने खतिवडाले नै प्रस्तुत गर्ने सम्भावना बढेर गएको छ । यसले गर्दा सेयर बजार घटन गएको बुझाइ ब्रोकरहरुको भनाइ छ ।

prabhu mahalaxmi
kumari bank
kumari