आइएमई जनरल इस्योरेन्सको बोनस सेयर घोषणा
हाल आइएमई जनरल इस्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

काठमाडौं । आइएमई जनरल इस्योरेन्सले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र आइएमईको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । हाल आइएमई जनरल इस्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।