citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु र सेञ्चुरी बैंक बीच मर्जर हुने ?

आगामी असार २८ गते सम्ममा दुई बैंक बीच मर्जरको प्रारम्भिक सम्झौता हुँदैछ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आधाँ दर्जन वाणिज्य बैंकहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्शियल बैंक लिमिटेडबीच  पनि मर्जर हुने लगभग निश्चित जस्तै भएको छ ।

आगामी असार २८ गते सम्ममा दुई बैंक बीच मर्जरको प्रारम्भिक सम्झौता हुँदैछ । प्रभु बैंकका एक सञ्चालकले भने – सेञ्चुरी कर्मशियल बैंकले हामीसँग १००ः१०० को स्वाप रेसियो मागेको थियो । तर हामीले ९५ दिने भनेपछि मर्जर सहमति अन्तिमरुपमा पुगेको छ ।

 

दुबै पक्षको बोर्ड बैठकपछि सबै सञ्चालक सदस्यहरूले साथ दिए आगामी असार २९ गते मंगलबार सम्ममा मर्जर सम्झौता हुन सक्छ। अब प्रभू बैंक र सेञ्चुरी कर्मशियल बैंक लिमिटेड बीच मर्जर हुने निश्चित नै जस्तो छ ।

ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक ठूला र बलिया बैंक बन्ने भएपछि प्रभू समूहको ठूलो लगानी रहेको  प्रभु बैंक लिमिटेडले सेञ्चुरी कर्मशिलय बैंक  भित्र्याउने भएको छ । प्रभु बैंक लिमिटेडकै नाम र सिईओ रहने गरि लगभग सहमति भएको छ।

मर्जरपछि प्रभु बैंकको सिईओ अशोक शेरचन नै हुने लगभग सहमति भैसकेको छ । प्रभु बैंकसँग किष्ट बैंक लि., ग्राण्ड बैंक लिमिटेड लगायत आधा दर्जन विकास बैंकलाई मर्जर गरेर सफल बनाएको अनुभव रहेको छ ।

प्रभू फाइनान्सबाट सुरू भएको वित्तीय कारोबार अहिले प्रभू बैंकका रूपमा स्थापित छ। प्रभु बैंक धेरै शाखा सञ्जाल भएको बैंक हो । यसका करिब ३०० शाखा सञ्जाल रहेका छन्

यसैगरि सेञ्चुरी कर्मशियल बैंक लि. ले केही विकास बैंकलाई मर्जर गरेर शाखा सञ्जाल र व्यवसाय बढाएको थियो । पछिल्लो वित्तिय विवरण हेर्दा सेञ्चुरी कर्मशियल बैंक अर्बपति क्लबमा समाबेस भैसकेको छ ।

यस बैंकका करिब २०० को संख्यामा शाखा छन् । कार्यशैलीमा सुधार,व्यवसाय विस्तार र मुनाफा उच्च बनाउँदै अगाडि बढेको सेञ्चुरी बैंक र आफूलाई अब्बल, सक्षम र सबल बैंक बनाएको प्रभु बैंक लिमिटेड बीच मर्जर भएपछि अझ सबल,सक्षम, बलियो, अब्बल बैंक बन्ने देखिन्छ ।

यी दुई बैंकको मर्जरमा कर्मचारी मिलान र बैंकको नाममा खासै समस्या छैन । सहज वातावरण नै छ । स्वाप रेसियो,सञ्चालन सदस्य,अध्यक्ष आदि जस्ता विषयमा छलफल चलिरहेको छ । कुरा मिले ढिलोमा असार भित्रै प्रारम्भिक सम्झौता गर्ने पक्षमा दुबै बैंक रहेका छन।

यी दुई बैंक बीचमा मर्जर भयो भने पूँजी, शाखा सञ्जाल, ग्राहक संख्या, कर्जा र निक्षेपमा अरु ठुला बैंक सरह पुग्नेछ।मर्जरमा रहेका ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक सरह प्रभु बैंक बन्ने कुरामा दुई मत छैन ।

प्रभु बैंकका सबैभन्दा ठूला लगानीकर्ता देवीप्रकाश भट्टचनले नै सेञ्चुरीसँग मर्जरको अन्तिम निर्णय गर्ने भएका छन् । यसकारण पनि मर्जर पक्का–पक्की जस्तै देखिन्छ । यता असार मसान्तपछि नेपाल राष्ट्र बैंकले विभिन्न सूचकहरुको सीमा तोकिदिएको छ ।

उक्त सीमारेखा नाघे कुनै कम्प्रमाइज नगर्ने भनेको छ । भर्खरै स्थलगत अनुगमनमा आएको राष्ट्र बैंकको टोलीले सेञ्चुरी कर्मशियल बैंकलाई उपयुक्त पार्टनर खोजेर मर्जरमा जान सुझाव दिएको थियो ।

०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने समान वर्गका बैंक तथा वित्त कम्पनीलाई यसअघि दिँदै आएको सुविधा दिने राष्ट्र बैंकले यसअघि नै प्रष्ट पारिसकेको छ । यही साउन १ गते पछि सम्झौता गरेको खण्डमा राष्ट्र बैंकले दिँदै आएको सुविधा बैंकहरुले पाउने छैनन् ।

प्रभु बैंकका सीईओ अशोक शेरचनको कार्यकाल आगामी माघदेखि सकिँदै छ । लामो समय सीईओ भएका अशोक शेरचनको अभावमा बैंकलाई अघि बढाउन कठिन हुने लगानीकर्ताहरुको ठम्याइ छ ।

अर्को बैंकसँग मर्ज भएको खण्डमा सीईओ शेरचनले बाँकी अर्को कार्यकाल पनि सीइओ भएर बैंक चलाउन पाउने छन् । त्यसपछि यूवा बैंकरलाई बैंक जिम्मा लगाउने प्रस्टै देखिन्छ । ग्राण्ड र किष्ट बैंक जस्ता बिग्रिएका संस्था उनै सीईओ शेरचनको नेतृत्वमा प्रभुमा बिलय गराएर बैंकलाई यो स्थानसम्म ल्याइ पुरयाउन सीईओ शेरचन सफल भएका थिए ।

०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने समान वर्गका बैंक तथा वित्त कम्पनीलाई यसअघि दिँदै आएको सुविधा दिने राष्ट्र बैंकले यसअघि नै प्रष्ट पारिसकेको छ ।

साउन १ गतेपछि सम्झौता गरेको खण्डमा राष्ट्र बैंकले दिँदै आएको सुविधा बैंकहरुले पाउने छैनन् । यसकारण पनि आधाँ दर्जन वाणिज्य बैंकहरु मर्जर गर्न पार्टनर खोजी रहेका छन । राष्ट्र बैंकले सुविधा कटौति गर्ने भनेपछि केही बैंकले यसअघि नै मर्जरमा जाने सम्झौता गरिसकेका छन् भने केहीले सम्झौता गर्ने तयारी गरिरहेका छन ।

प्रभु बैंकमा युवा बैंकरहरुको टिम रहेको छ। डिपुटी सीईओ मणीराज पोखरेल छन् भने अरु उच्च पदमा युवा बैंकर रहेका छन् ।

यता सेञ्चुरी कर्मशियल बैंकमा युवा बैंकर मनोज न्यौपाने सीईओ भएका छन् । डिपुटी सीईओ र डिजीएम समेत खाली छ । सिनियर लेबलमा सेञ्चुरी कर्मशिलय बैंकमा खासै बैंकर छैनन् ।

यसकारणले पनि प्रभु बैंकसँग मर्जर गर्न कर्मचारी वृत्तमा सजिलो छ । सेञ्चुरी कर्मशियल बैंकका सीईओ मनोज न्यौपानेलाई सिनियर डिपुटी सीईओ बनाउने अरु कर्मचारीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने भएको छ ।

 

himalayan life insurance
igi long