prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

६ वटा बाणिज्य बैंक मर्जर प्रकृयामा,कुन बैंक कति ठुलो हुने ?

हालसम्म विभिन्न ६ वटा बाणिज्य बैंकहरूले मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् ।

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम विग मर्जरमा जान थालेका छन् । हालसम्म विभिन्न ६ वटा बाणिज्य बैंकहरूले मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् ।

नबिल बैंक लि. र नेपाल बंगलादेश (एन.बी.) बैंक लि., नेपाल इन्भेष्टमेन्ट (एन.आई.बि.एल.) बैंक लि.र मेगा बैंक लि., ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमान्डू लि. (बी.ओ.के.) बीच मर्जरमा जानका लागि समझदारीपत्र (एमओयू) हस्ताक्षर भैसकेको छ ।

 

 

यसअघि हिमालयन बैंक लि। र नेपाल इन्भेष्टमेन्ट बैंक लि.बीच मर्जर सम्झौता भएपनि अन्तिम समयमा आएर डिमर्ज गरेका थिए ।

तर नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो पार्टनर खोजेर एमओयू गरिसकेको छ भने हिमालयन बैंकले अहिलेसम्म पनि पार्टनर खोज्न सकेको छैन् ।

मर्जरमा सम्झौता गरेका यी तीन वटा बैंक मर्जर गर्न सफल भए भने आगामी दिनमा यी तीन बैंक बीचमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

चुँक्ता पूँजीका आधारमा प्रस्तावित ग्लोबल आइएमई बिओके बैंक लि। अगाडि हुनेछ भने नाफा आर्जनमा नबिल बैंक अगाडि देखिनेछ । यस्तै चालु आर्थिक बर्षको तेस्रो त्रैमासको आधारमा यी तीन बैंक बीच मर्जरपश्चात् यस्तो रहने छन ।

नबिल र एनबी बैंक लि.

सम्भवतः नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले चालु आर्थिक बर्ष भित्र नै प्राप्ति गरि एकीकृत कारोबार गर्ने तयारीमा रहेको देखिन्छ ।

तर अन्तिम समयमा आएर कर्मचारी बढुवा र व्यवस्थापन लगायत विभिन्न खटपट देखिन थालेका छन् । तैपनि त्यसलाई समाधान गर्दै एकीकृत कारोबार हुनेमा बैंकले विश्वास लिएको छ ।

सम्भवतः जुलाई ४ तारिख अर्थात आषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने लक्ष्य यी दुई बैंकको रहेको छ ।

नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत २०७९ पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबि बैंकलाई प्राप्तिपश्चात् यस्तो बन्नेछ नबिल बैंकको कर्मचारी संख्या २ हजार २ सय भन्दा बढी पुग्ने बताइएको छ।

एनबी बैंकलाई प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, जेगडा कोष २८ अर्ब ५२ करोड ५१ लाख ५६ हजार रुपैयाँ, कर्जा ३ खर्ब ९ अर्ब ६ करोड ९ लाख ७९ हजार रुपैयाँ, निक्षेप ३ खर्ब १६ अर्ब २५ करोड १४ लाख ६५ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ८ अर्ब ५२ करोड ९३ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब १७ करोड ६७ लाख २८ हजार रुपैयाँ, खुद नाफा ४ अर्ब ४६ करोड ३१ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ५३ करोड ८१ लाख ६९ हजार रुपैयाँ पुग्ने अनुमान रहेको छ ।

त्यस्तै प्रतिशेयर आम्दानी २६.०६ रुपैयाँ, २३९ वटा शाखा, २८५ वटा एटिएम र कर्मचारी संख्या २ हजार २ सय ३९ जना पुग्नेछ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू

विभिन्न बैंक तथा वित्तीय संस्थालाई गाभ्दै आएको ग्लोबल आइएमई बैंक लि।ले पछिल्लो पटक जनता बैंक लि।सँग मर्जर गरेको थियो ।

विभिन्न सूचकका आधारमा ग्लोबल आइएमई बैंक एक नम्बरमा पर्दछ । वाणिज्य बैंकहरुमा एक नम्बर बन्न बैंकले बैंक अफ काठमाण्डूसँग मर्जर गर्ने सम्झौता गरिसकेको छ ।

यी दुबै बैंकबीच गत २०७९ असार २ गते बिहीबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको सूचक

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ ।

तर ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, जेगडा कोष १५ अर्ब ५३ करोड ७७ लाख ८३ हजार रुपैयाँ, कर्जा ३ खर्ब ८० अर्ब रुपैयाँ,निक्षेप ३ खर्ब ८४ अर्ब रुपैयाँ, खुद ब्याज आम्दानी १० अर्ब २३ करोड रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब २३ करोड रुपैयाँ, खुद नाफा ४ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ३२ करोड १६ लाख रुपैयाँ भन्दा बढी पुग्ने बताइएको छ ।

त्यसैगरी बैंकको शाखा कार्यालय ३८५ वटा, एटिएम ३६७ वटा , शाखारहित बैंकिङ्ग सेवा २७५ वटा, विस्तारित शाखा कार्यालय ६१ वटा, विदेश स्थित सम्पर्क कार्यालय ३ वटा र ३७ लाख भन्दा बढि ग्राहक संख्या पुग्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक

यता हिमालयन बैंकसँग मर्जर प्रकृया टुटेपछि नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले मेगा बैंक लि. सँग मर्जर सम्झौता गरेको छ ।

हिमालयन बैंकसँग मर्जर भएर ठूलो बैंक बन्ने आशमा बसेको बैंक डिमर्जरका गएका कारण अझै यी दुई बैंक बीचमा सफल मर्जर हुने कम सम्भावना रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका छन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ, जेगडा कोष, २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ, कर्जा ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ, निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ, खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी १८.२५ रुपैयाँ, शाखा संख्या ३१६ वटा, एटिएम २७१ वटा र कर्मचारी संख्या ३ हजार २१८ जना रहने बताइएको छ।

 

८ असार २०७९, बुधवार १८:५७ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads