prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

नेप्सेमा ३१.२१ अंकले गिरावट

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिजो असार ७ गते मंगलबार ३७ अंकले बढेको सेयर बजार नेप्सेमा आज असार ८ गते पुनः ३१.२१ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१।२१ अंकले घटेर १८९३।५३ अंकमा झरेको छ ।

३१ अंकभन्दा बढीले घटेको बजारमा आज कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको छ । नेप्सेका १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार राताम्मे भएको छ ।

 

 

आज डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैंकिङ समूह १.२१ प्रतिशतले घटेको छ ।

यस्तै माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशत, होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको बताइएको छ ।

आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।

८ असार २०७९, बुधवार १७:५६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads