वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार पाँच अर्ब निक्षेप बढयो
पाँच अर्ब निक्षेप बढयो

काठमाडौं। वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन पाँच अर्ब रूपैयाँले मात्रै बढेको छ ।
नेपाल बैंकर्स संघका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप रु. ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म रु. ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा रु. पाँच अर्ब बढेर रु. ४३ खर्ब ७३ अर्ब पुगेको जनाएको छ ।
वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी घटेको छ । तेस्रो साता रु. ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा रु. ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको जनाएको छ ।
गत साताको तुलनामा कर्जा लगानीमा रु. चार अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता रु. ४३ खर्ब ८९ अर्ब निक्षेप संकलन र रु. ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । संघले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।
२६ वैशाख २०७९, सोमवार २०:३७ बजे प्रकाशित