नेपाल इन्भेष्मेण्ट र हिमालयन बैंक बीच फेरि मर्जरका लागि पहल
हिमालयन बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको छ।
काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंक लि. र हिमालयन बैंक लि.बीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयन बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको छ।
यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुबै बैंकबीच मर्जरका लागि प्रक्रिया अघि बढे पनि अन्तिम समयमा आएर अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठका कारण मर्जर भाँडिएको थियो ।
हिमालयन बैंकमा मर्जरका लागि सहमति नजुटेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । त्यसको तीन महिनापछि फेरि हिमालय बैंकले मर्जरका लागि छलफल अघि बढाएको छ । हिमालयन बैंकले अहिले मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसहित अन्य बैंकहरुसँग पनि छलफल थालेको छ ।
सिभिल बैंक लि. सेञ्चुरी कमर्सियल बैंक लि. सँग पनि हिमालय बैंकले मर्जरका लागि छलफल गरिरहेको छ । तर, नेपाल इन्भेष्टमेन्ट बैंकलाई हिमालयन बैंकसँग मर्जर गर्दा सहज हुने सञ्चालकहरुको मनसायका कारण पनि पछिल्लो समय पहल गरिएको छ ।
गत २०७७ पुस २९ गते हिमालयन बैंकको साधारणसभामा मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थिएन । मर्जरको विपक्षमा बैंकका अध्यक्ष श्रेष्ठ थिए । नेपाल राष्ट्र बैंकले मर्जरका लागि दबाब दिएपछि पुन: पहल सुरू भएकाे छ।




















