एनआईसी एशिया बैंक दोस्रो त्रैमासमा पनि उत्कृष्ट बैंक
एनआईसी एशिया बैंक लिमिटेडले वाणिज्य बैंकहरुमध्ये आफुलाई अब्बल सावित गर्दै लगेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वाणिज्य बैंकहरुमध्ये आफुलाई अब्बल सावित गर्दै लगेको छ । बैंकले आफ्नो वित्तीय अवस्थालाई अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी स्थानमा पुरयाएको हालै बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरणको परिसूचकले पनि देखाएको छ ।
बैंकले यही अनुपातमा आगामी त्रैमासिक वित्तीय विवरणमा सुधार हुने प्रक्षेपण समेत गरेको छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणको परिसूचक मूल्यांकन गर्दा यो बैंक अरू २७ वटा वाणिज्य बैंकहरुको तुलनामा राम्रो देखिन्छ ।
दोस्रो त्रैमासिक वित्तीय परिसूचकलाई आधार मान्ने हो भने बैंकले पछिल्लो समय आफ्नो वित्तीय अवस्थालाई सुधार गर्दै अगाडि बढेको छ । समग्र बैंकिङ क्षेत्रको औसत कुल कर्जा रु.१४३।३५ अर्ब र कुल निक्षेप रू.१४९.०८ अर्ब रहेकोमा एनआईसी एशियाको कुल कर्जा रू.२७३.४६ अर्ब र कुल निक्षेप रू.२९९.३४ अर्ब रहेको बैंकको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । समग्र बैंकिङ क्षेत्रको भन्दा एनआईसी एशिया बैंकको कुल कर्जा र कुल निक्षेप रु. १३०.११ अर्ब र रू.१५०.२५ अर्बले बढी रहेको छ ।
एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी समग्र बैंकिङ क्षेत्रको शेयर आम्दानीभन्दा रु. २२.९९ ले बढी रहेको बैंकको प्रतिवेदनले देखाउँछ । समग्र बैंकिङ क्षेत्रको औसत शेयर आम्दानी १८.४४ रहेकोमा एनआईसी एशिया बैंकको ४१.४३ रहेको छ ।
बैंकको स्वपुँजीमा प्रतिफल २१.७७ प्रतिशत छ भने समग्र वाणिज्य बैंकहरुको औसत स्वपुँजीमा प्रतिफल ११.३९ प्रतिशत रहेको छ । बैंकले औसत वाणिज्य बैंकहरुको भन्दा १०.३८ प्रतिशत बढी स्वपुँजीमा प्रतिफल कायम गर्न सफल भएको छ ।
एनआईसी एशिया बैंकको नेपालभर ३८५ शाखा, ७० विस्तारित काउन्टर, ४७३ एटीएम काउन्टर, १२ लाख ३५ हजार डेबिट कार्ड प्रयोगकर्ता र ३० लाख ग्राहक संख्या रहेको छ । समग्र बैंकिङ क्षेत्रको औसत शाखा संख्या १६६, विस्तारित काउन्टर संख्या ४, एटिएम संख्या १३२, डेबिट कार्ड प्रयोगकर्ता ३ लाख र ग्राहक संख्या १२ लाख ४८ हजार रहेको छ ।
समग्र बैंकिङ क्षेत्रको भन्दा एनआईसी एशिया बैंकको शाखा संख्या १९२, विस्तारित काउन्टर संख्या ६६, एटिएम संख्या ३४१, डेबिट कार्ड प्रयोगकर्ता ९ लाख ३५ हजार र ग्राहक संख्या १७ लाख ५२ हजारले बढी छ । पछिल्लो समय बैंकले आफ्नो प्राविधिक पक्षलाई पनि सुधार गर्दै डिजिटल बैंकिङतर्फ ग्राहक संख्या, कारोबार संख्या, कारोबारको मात्रालगायतका परिसूचकमा पनि आफुलाई सर्वोत्कृष्ट बनाउन सफल भएको छ ।
























