citizens life insurance long ad

एनएमबि बैंकको लाभांश घोषणा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी ७ प्रतिशतले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यसैगरी अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशतले हुन आउने १२ करोड २० लाख ५४ हजार ७९४.५२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि बैंकले गरेको छ। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari