citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

बैंकका एटीएम बुथ नभएका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाण्डौ । बैंकका एटीएम बुथ नभएका शाखाहरु हरेक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । नेपाल  बैंकर्स संघले आफ्ना सदस्य बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै एटीएम नभएका शाखाहरु हरेक दिन उक्त समयमा शाखा खोल्न भनेको हो ।

एटीएम भएका शाखाहरु भने बन्द हुने छन् । तथापि, ती एटीएम भने निरन्तर सञ्चालन हुनेछन् । एटीएममा नियमित रुपमा पैसा राखिने छ । अर्थात् एजीएममा पैसा अभाव हुन दिइने छैन ।

यता, काठमाडौं बाहिरका शाखाहरु खासगरी गाउँमा रहेका शाखाहरुमा त्यहाँको शाखा प्रबन्धकले जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायसँग समन्वय गरी सञ्चालन व्यवस्था मिलाउनेछन् ।

सरकारले मंगलबारदेखि लक डाउन गरेपछि बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिने सेवा प्रभावित भएका छन् । यसैबीच, बैंकहरुले ‘डिजिटल बैंकिङ’ लाई प्रवद्धन गरिरहेका छन् भने कारोबार सीमा पनि बढाएका छन् ।
gold
himalayan life insurance long ad