stcnepal long ad
global ime bank long

चार बालक कान्ति अस्पतालमा भर्ना कोरोना भाइरसको संकेत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणको लक्षण देखिएको आशंकापछि चार बालकलाई हिजो चैत ११ गते कान्तिबाल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरूमध्ये आइतबार एक जना र सोमबार ३ जनामा संक्रमणको संकेत देखिएको थियो । संक्रमण आशंका गरिएका बालकहरूलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आइतबार भर्ना भएका बालक १४ वर्षीय र सोमबार भर्ना भएका बालकहरू चार र साँढे चार वर्षका रहेका छन् । अस्पतालका अनुसार आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबईबाट फर्किएका थिए। यसका साथै सोमबार एक बालका काका चीनबाट र अर्का बालकका बाबु कतारबाट फर्किएका रहेछन् ।

उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । सोमबारै अर्का एक बालक पनि थपिएका छन् । उनीहरुको परीक्षण गरेर आइशोलेनमा राखिएको छ। उनीहरुको पूरै रिपोर्ट आएको छैन ।

चारै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ। ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको हुन सक्ने आशंका गर्दै अस्पातल भर्ना गरिएको अस्पताल सोरतले जनाएको छ ।

IME Lifesidebar
kumari