stcnepal long ad
global ime bank long

किर्तिपुरमा लकडाउनको पूर्ण प्रभाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाण्डौ । लकडाउनको कारण किर्तिपुरमा सामान्य रुपमा दूध,पानी, औषधि बाहेकका सवारी साधन सडकमा देखिएका छैनन । बजारमा औषधि र खाद्यान्न बाहेकका अन्य कुनै पनि पसल खुलेका छैनन् । बल्खु ,टियु गेट अगाडि सडकमा अहिले सम्म कुनै पनि पसलहरु खुलेको पाइएको छैन । सडकमा सामान्य रुपमा चलेका सवारी साधनलाई प्रहरीले सम्झाइ बुझाइ घरतर्फ पठाइ रहेको छ ।
बल्खु स्थित तरकारी बजार बिहान केही समय आंसिक रुपमा खुल्ला रहेको भएपनि ११ बजेपछि पुर्ण रुपमा बन्द रहेको छ । लकडाउनको कारण तरकरीको अभाब सङ्गै मुल्य बृदी पनि ह्वातै बढेको पाइएको छ । फलफुलको मूल्य शत प्रतिशत नै बृद्धी भएको पाइएको छ । किर्तिपुर नगरपालिकाको सकृयतामा टियुमा निर्मित चिकित्सा शास्त्र अध्ययन संस्थान चिकित्सा क्यापस तथा केन्द्रिय जनस्वास्थ्य बिभागको भवनमा ५० वार्डको आइसोलेसन बेड स्थापना गर्ने तयारी अनुसार अहिले सम्म १० बेडको आइसोलेसन वार्ड किर्तिपुर नगरपालिका र किर्तिपुर अस्पतालको सहयोगमा निर्माण भएको छ भने उपचार आयुर्बेद क्यापसका डाक्टरहरुले गर्ने तयारी रहेको छ ।
लक डाउनले सडक शून्य जस्तै देखिएको छ । सामान्य रुपमा खाद्यान्न पसल , औषधि पसल बाहेक अन्य पसलहरू पुर्ण रुपमा बन्द रहेका छन । यस क्षेत्रमा अहिले सम्म कोरोना भाईरसका कुनै पनि बिरामी फेला नपरेको तथा रास्टिय आयुबेर्द अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा सरकारले स्थापना गर्ने २०० वार्डको आइसोलेसन बेडको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले तयारी थालेता पनि सामान राखि नसकेको अस्पताल स्रोतले जनाएको छ ।

IME Lifesidebar
kumari