citizens life insurance long ad
stcnepal long ad

बैंकहरुको निक्षेपमा सुधार, औसत सीडी रेसियो ९०.८५ प्रतिशत

बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

गत मंसिर १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक दिनमा निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरु निक्षेप लगातार घटिरहेको थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १३ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ८ अर्बले बढेको देखिन्छ।

वाणिज्य बैंकहरुको निक्षेप भने एक दिनमै २ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १३ गतेसम्म कुल निक्षेप ४२ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा मंसिर १४ गतेसम्म बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १३ गते ४० खर्ब ५८ अर्ब रुपैयाँ कुल कर्जा लगानी रहेकोमा मंसिर १४ गतेसम्म बढेर ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको पाइएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.८५ प्रतिशत पुगेको छ । मंसिर १३ गतेसम्म औसत सीडी रेसियो ९०.७२ प्रतिशत रहेको थियो। अन्तर बैंक ब्याजदर भने ४.९९ प्रतिशतबाट घटेर ४.९८ प्रतिशतमा झरेको बताइएको छ।

IME Life
kumari