citizens life insurance long ad
stcnepal long ad

एक अर्बको लगानी व्यवस्थापन गर्न माछापुच्छ्रे कृति क्यापिटल सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत रु। १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको छ।

यस अवसरमा माछापुच्छ्रे कृति क्यापिटलप्रति विश्वास गरी यो उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सम्पूर्ण ग्राहक, संस्थापक सेयरधनी, नियामक निकाय तथा कर्मचारीहरुप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी यो कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिदबिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ।

IME Life
kumari