कारोबार घट्दा पनि १० ब्रोकर मालामाल
काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज जम्मा २ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार घटेसँगै ब्रोकार कम्पनीहरुको कारोबार भोलुममा पनि गिरावट आएको छ। कुनै समयमा एउटै ब्रोकरले रु. १ अर्बसम्म कारोबार गरेको अवस्था पनि सेयर बजारमा थियो।
सधैँजसो आज पनि उच्च कारोबार गर्नेमा नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८) नै पहिलो स्थानमै छ। नासाले आज २४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने १७ करोड ७८ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ।
उच्च कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) दोस्रो स्थानमा छ। यो ब्रोकरले १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर १४ करोड ८८ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ।
तेस्रोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) छ। सनीले ११ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ। आज सनीले १२ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।
कारोबारको हिसाबले आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) चौथो स्थानमा छ।
यो ब्रोकरले आज ११ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिद गर्दै १२ करोड ३७ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ। आज पाँचौँ स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) रहेको छ । श्रीकृष्णले ७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद गरेर १४ करोड ३६ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ।
भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) आज छैटौँ स्थानमा छ । आज भिजनले १० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद गर्दै ७ करोड ५४ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ।
आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) ९ करोड ८१ लाख रुपैयाँ बराबरको खरिद गर्दै सातौँ स्थानमा छ। अर्यातारले आज ८ करोड २७ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।
दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८), कोहिनुर इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) र नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन्। दिपशिखाले आज ८ करोड रुपैयाँ बराबरको खरिद गरेर ९ करोड ११ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ। कोहिनुरले ५ करोड ७० लाख रुपैयाँ बराबरको खरिद गरेको छ भने ८ करोड २० लाख रुपैयाँ बराबरको बिक्री गरेको छ।
नेपाल स्टक हाउसले भने ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्दै ७ करोड ४१ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ । नागरिक स्टक डिलरले आज १ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने ६७ हजार ६०० रुपैयाँको मात्रै बिक्री गरेको छ।


























