sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एभरेष्ट, लक्ष्मी, एसबीआई र एनसीसी बैंकले नाफा बढाए, एन.बी. र प्राइमको केही घट्यो

आज कात्तिक १५ गते सोमबार केही वाणिज्य बैंकले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यस्तो विवरण प्रकाशन गर्ने अधिकांश बैंकको अवस्था सन्तोषजनक देखिएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोभिजनिङमा गरेको कडाई, थपिँदै गएका नियामकीय व्यवस्था, कोरोना महामारी र तरलता अभावको विषम परिस्थितिका बाबजुद वाणिज्य बैंकहरुले चालू आ. व. को त्रैमासिक नाफामा सुधार गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको खूद नाफामा सुधार देखिएको छ । कतिपयको सुधार अति राम्रो देखिएको छ । आज कात्तिक १५ गते सोमबार केही वाणिज्य बैंकले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यस्तो विवरण प्रकाशन गर्ने अधिकांश बैंकको अवस्था सन्तोषजनक देखिएको छ ।

कुन बैंकको कस्तो प्रगति छ ?

१, सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड ७८ लाख रूपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ३७ करोड ३२ लाखमा सीमित थियो । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा समेत बढेर ७८ करोड ६२ लाख रूपैयाँ पुरयाएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५३ करोड ३२ लाखमा सीमित थियो ।

ब्याज आम्दानीमा गरेको उल्लेख्य प्रगतिका कारण बैंकको खूद ब्याज आम्दानी १ अर्ब १६ करोड पुगेको बताइएको छ । यो अघिल्लो वर्ष रू.९७ करोड ६६ लाखमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले रू. १ खर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी रू.१ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले रू. १ खर्ब २८ अर्ब बढी निक्षेप संकलन गरी रू।१ खर्ब १९ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १६।६४ रुपैयाँ रहेको इपीएस बढेर २२.७८ रुपैयाँको उचाईमा पुगेको छ ।

बैंकले अघिल्लो वर्षको यही अवधिमा ०.४० प्रतिशतमा सीमित खराब कर्जाको अनुपातलाई घटाएर ०.११ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने कस्ट अफ फण्ड सामान्य घटी ५.८४ प्रतिशत, सीडी रेसियो ८५.२५ प्रतिशत, बेस रेट ७.४५ प्रतिशत, मूल्य आम्दानी अनुपात २२.३९ गुणा, प्रतिसेयर नेटवर्थ रु. १५९.४१ र तरलता अनुपात २३।६३ प्रतिशत रहेको जनाएको छ ।

२, लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंकले पनि पहिलो त्रैमासमा खूद नाफा उल्लेख्य बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा ३१ करोड २३ लाख खूद नाफा आर्जन गरेकोमा बढेर यो वर्ष ५५ करोड २८ लाख रूपैयाँ पुरयाएको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म रू. ४४ करोड ८० लाखमा सीमित संचालन मुनाफा वृद्धि भई रू. ७७ करोड ३२ लाख पुगेको छ भने रू. ७६ करोड २३ लाखमा सीमित खूद ब्याज आम्दानी पनि बढेर रू. ८९ करोड १७ लाखको उचाईमा पुरयाएको छ ।

समीक्षा अवधिमा बैंकले रू. १ खर्ब १७ अर्ब बढी निक्षेप संकलन गरी रू. १ खर्ब १४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा रू.१ खर्ब १४ अर्ब बढी निक्षेप संकलन गरी रू. १ खर्ब ६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

खूद नाफामा उल्लेख्य बढोत्तरीको सकारात्मक प्रभाव बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस)मा पनि परेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १२.७३ रुपैयाँ रहेको इपीएस बढेर २०.६८ रुपैयाँ पुगेको थियो ।

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.९७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.४९ प्रतिशतमा सीमित पारेको छ भने कस्ट अफ फण्ड समेत घटेर ५.३९ प्रतिशत कायम भएको जनाएको छ ।

समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ८८.९४ प्रतिशत, पीई रेसियो १५.९६ गुणा, प्रतिसेयर नेटवर्थ १५६.७४ रुपैयाँ र तरलता अनुपात १२.०२ प्रतिशत कायम भएको छ ।

३, सनराइज बैंक लिमिटेड
सनराइज बैंक लि.को नाफा भने अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा सामान्य मात्र बढेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा रू.३८ करोड २९ लाखमा सीमित खुद नाफा केही बढी यो वर्ष रू. ४३ करोड ७ लाखमा पुगेको हो । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा रू. ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा ५४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

बैंकको ब्याज खर्च बढ्दा यसको प्रभाव खूद ब्याज आम्दानीमा परेको छ । अघिल्लो वर्षको यही अवधिमा रू. ९२ करोड ७९ लाख रहेको खूद ब्याज आम्दानी सामान्य घटी यो वर्ष रू.९२ करोड ३२ लाखमा सीमित बन्न पुगेको देखिएको छ ।

बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा रू.२ अर्ब ३७ करोड ब्याज आम्दानी गर्दा रू.१ अर्ब ४५ करोड मात्र ब्याज खर्च गरेको थियो । तर, यो वर्ष रू.२ अर्ब ६५ करोड ब्याज आम्दानी गरे पनि रू. १ अर्ब ७३ करोड ब्याज खर्च गर्नुपर्दा खूद ब्याज आम्दानीमा यसको प्रभाव देखिएको छ ।

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा रू.६ करोड ७१ लाख मात्र रहेको छ । समीक्षा अवधिमा बैंकले रू.१ खर्ब २८ अर्ब बढी निक्षेप संकलन गरी रू.१ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले रू.१ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरेर रू.१ खर्ब हाराहारीमा कर्जा परिचालन गरेको थियो ।

नाफामा सामान्य मात्र बढोत्तरी भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि थोरै मात्र वृद्धि भएको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७.०८ रुपैयाँ रहेको इपीएस बढेर १८.१६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.५८ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई बैंकले घटाएर १.१३ प्रतिशत बनाएको छ भने समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कस्ट अफ फण्ड बढेर ६.३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५।७२ प्रतिशत मात्र रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकको बेस रेट ८.४० प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१८ गुणा, प्रतिसेयर नेटवर्थ १५९.६९ रुपैयाँ र तरलता अनुपात २६.०३ प्रतिशत कायम भएको जनाएको छ ।

४, एनएमबी बैंक लिमिटेड
एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा उल्लेख्य बढाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड ८१ लाखमा सीमित खूद नाफा बढाएर १ अर्ब ४ करोड कमाएको छ ।
अघिल्लो वर्ष १ अर्ब ५ करोड सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष १ अर्ब ४७ करोड पुगेको छ भने १ अर्ब ३५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ४२ करोड पुगेको छ ।

नाफामा उल्लेख्य प्रगति भएसँगै अघिल्लो वर्ष २०.५८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) बढेर २५.५९ रुपैयाँ पुगेको जनाएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४५ करोड ८४ लाख रहेको छ ।

यो अवधिमा बैंकले १ खर्ब ७३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.२६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १।८५ प्रतिशतमा सीमित पार्न बैंक सफल देखिएको छ भने यो बैंकको सीडी रेसियो ९१.२७ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्रबैंकले सीडी रेसियो ९० प्रतिशतमा सीमित गर्नुपर्ने निर्देशन दिए पनि यो बैंकले त्यो पालना नगरेको देखिन्छ ।

समीक्षा अवधिसम्म बैंकको आधार दर ७.९६ प्रतिशत, पीई रेसियो १६.०२ गुणा, प्रतिसेयर नेटवर्थ १५३.०३ रुपैयाँ र तरलता अनुपात २२.१६ प्रतिशत रहेको जनाएको छ ।

५, नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंक लि।ले समेत समीक्षा अवधिमा खूद नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २० करोड रहेको खूद नाफा बढेर ३७ करोड २९ लाख पुरयाएको छ ।

बैंकले अघिल्लो वर्ष २८ करोड ५४ लाखमा सीमित संचालन मुनाफा बढाएर ५३ करोड २७ लाखको उचाई चुमाएको छ भने ५९ करोड ८५ लाखमा सीमित खूद ब्याज आम्दानी पनि बढाएर ८४ करोड ५४ लाखको उचाईमा पुर्याएको छ ।

बैंकको नाफामा सुधार हुँदा यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) मा देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ८.४५ रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष १५.७१ रुपैयाँको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरी ९६ अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको समान अवधिमा ०.२५ प्रतिशतमा सीमित खराब कर्जामा अझ सुधार गरी ०.१७ प्रतिशतको अनुपात कायम गरेको देखिएको छ भने सीडी रेसियो भने निकै कम देखिएको छ । राष्ट्र बैंकले सीडी रेसियोलाई ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था गरे पनि पहिलो त्रैमासको अन्तसम्ममा यो बैंकको यस्तो रेसियो बढेर ९५.०८ प्रतिशत पुगेको छ ।

कस्ट अफ फण्ड ५.११ प्रतिशत रहेको छ भने आधार दर ८.११ प्रतिशत, मूल्य आम्दानी अनुपात १५।७१ गुणा, प्रतिसेयर नेटवर्थ १६६।५६ रुपैयाँ र तरलता अनुपात १८।३५ प्रतिशत कायम भएको छ ।

६, बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडको खूद नाफा भने सामान्य मात्र बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २४ करोड १४ लाख रहेको खूद नाफा बढेर यो वर्ष २५ करोड ३४ लाख कायम भएको छ । यस्तै अघिल्लो वर्ष ३४ करोड ४८ लाख रहेको संचालन मुनाफा ३६ करोड २१ लाख मात्र पुगेको छ भने ७६ करोड ९९ लाख रहेको खूद ब्याज आम्दानी सामान्य बढी ७९ करोड ४४ लाख पुगेको देखिएको छ ।

अघिल्लो वर्ष बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ रहेकोमा त्यो घटेर यो वर्ष १०.५० रुपैयाँमा सीमित बन्न पुगेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब २ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब हाराहारीमा कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ३ अर्ब बढी निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड बराबरको कर्जा परिचालन गरेको थियो । बैंकको समीक्षा अवधिको अन्तिम समयको सीडी रेसियो ९०।४८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यो अवधिमा बैंकले खराब कर्जालाई उल्लेख्य रुपमा घटाएको छ । अघिल्लो वर्ष २.१८ प्रतिशत रहेको खराब कर्जाको अनुपात समीक्षा अवधिसम्म ०.९२ प्रतिशतमा सीमित भएको छ भने यो अवधिको कस्ट अफ फण्ड ५.५५ प्रतिशत, आधार दर ८.५६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२.२९ गुणा, प्रतिसेयर नेटवर्थ १७३.५० रुपैयाँ र तरलता अनुपात २३।३७ प्रतिशत कायम भएको जनाएको छ ।

७, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.
समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि।को खूद नाफा सामान्य मात्र बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा ४० करोड १३ लाख रुपैयाँ रहेकोमा यो वर्ष सामान्य बढी ४८ करोड १८ लाख पुगेको छ । अघिल्लो वर्ष ५८ करोड ३ लाखमा सीमित संचालन मुनाफा बढेर ६८ करोड ८७ लाखको उचाईमा पुगेको छ भने ६० करोड १६ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ८७ करोड १३ लाख पुगेको छ ।

नाफामा सामान्य सुधार भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँबाट बढेर २२.४८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ८५ अर्ब ४५ करोड बढी निक्षेप संकलन गरी ६८ अर्ब ९९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ८७ अर्ब ५६ करोड बढी निक्षेप संकलन गरी ६२ अर्ब ४० करोड बढी कर्जा परिचालन गरेको जनाएको छ।

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.६७ प्रतिशत कायम गराउने सफलता पाएको छ भने कस्ट अफ फण्ड ३.१५ प्रतिशत, बेस रेट ५.१८ प्रतिशत, मूल्य आम्दानी अनुपात २३.७१ गुणा, प्रतिसेयर नेटवर्थ १९५.३३ रुपैयाँ र तरलता अनुपात २८.०३ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म यो बैंकको सीडी रेसियो ८८.०६ प्रतिशत पुगेको जनाएको छ ।

८, नेपाल इन्भेष्टमेन्ट बैंक लि.
नेपाल इन्भेष्टमेन्ट बैंक लि।ले समीक्षा अवधिमा खूद नाफा बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड ३८ लाखमा सीमित खूद नाफा बढाएर ९२ करोड ३७ लाखको उचाई चुमाएको हो । यस्तै, अघिल्लो वर्ष ८९ करोड ११ लाखमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ३१ करोड पुर्याएको छ ।
यस्तै, अघिल्लो वर्ष ८९ करोड ११ लाखमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ३१ करोड पुर्याएको छ । अघिल्लो वर्ष १ अर्ब ६३ करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष १ अर्ब २७ करोडमा सीमित भएको छ ।

बैंकको नाफा बढ्दा त्यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) मा देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७.५१ रुपैयाँमा सीमित इपीएस बढेर २२.७३ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म २.८० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर २.२७ प्रतिशतमा सीमित बन्न पुगेको छ भने कस्ट अफ फण्ड पनि केही घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ९५.३७ प्रतिशत पुगेको छ । राष्ट्रबैंकको नियामकीय व्यवस्थाभन्दा सीडी रेसियो निकै माथि पुगेको देखिन्छ ।

यो अवधिमा बैंकको तरलता अनुपात २२.७३ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.२४ गुणा, प्रतिसेयर नेटवर्थ १९९.८७ रुपैयाँ कायम भएको जनाइएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ६० लाखमा सीमित बन्न पुगेको छ ।

९,  सिटिजन्स बैंक इन्टरनेशनल लि.
सिटिजन्स बैंक इन्टरनेशनल लि.को खूद नाफा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यो बैंकले ५२ करोड ५९ लाख रहेको खूद नाफा बढेर समीक्षा अवधिमा ५६ करोड ८० लाख पुगेको छ । यस्तै ७३ करोड ३० लाखमा सीमित संचालन मुनाफा बढेर ९८ करोड १९ लाखमा पुगेको छ भने ८३ करोड ९१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब २० करोडमा पुगेको छ ।

नाफामा उल्लेख्य प्रगति नहुँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) भने २२.६९ रुपैयाँबाट घटेर २१.८६ रुपैयाँमा सीमित बन्न पुगेको छ । समीक्षा अवधिमा सिटिजन्स बैंकले १ खर्ब ४४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब बढी कर्जा परिचालन गरेको जनाएको छ ।

अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म १.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात केही बढी १.९१ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड केही घटी ६.०८ प्रतिशत, सीडी रेसियो ८७.३९ प्रतिशत, बेस रेट ८.११ प्रतित, मूल्य आम्दानी अनुपात १४।५५ गुणा, प्रतिसेयर नेटवर्थ १५४.७० रुपैयाँ र तरलता अनुपात २१.४८ प्रतिशत कायम भएको जनाएको छ ।

१०, एनसीसी बैंक लि.
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि।को खूद नाफा समेत बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३३ करोड ४५ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष ५१ करोड ८० लाखको उचाईमा पुगेको छ ।

यस्तै अघिल्लो वर्ष ४५ करोड ६८ लाखमा सीमित संचालन मुनाफा बढेर ७२ करोड माथि पुगेको छ भने ७९ करोड ८५ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ९३ करोड ६८ लाख पुगेको छ । नाफामा सुधार भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी९इपीएस० १२।९८ रुपैयाँबाट बढेर २०।०९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १५ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरी ९४ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म २.८३ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई बैंकले घटाएर १.४८ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने सीडी रसियो ८९.९६ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ६.१३ प्रतिशत, आधार दर ८.१२ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.९८ गुणा, प्रतिसेयर नेटवर्थ १४५.८० रुपैयाँ, तरलता अनुपात २२।४५ प्रतिशत कायम भएको छ ।

१२, सेञ्चुरी बैंक लि.
सेञ्चुरी कमर्सियल बैंक लि.को खूद नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २२ करोड रहेकोमा बढेर २७ करोड माथि पुगेको छ । यस्तै ३० करोड ७६ लाखमा सीमित संचालन मुनाफा बढेर ३७ करोड ६६ लाखको उचाईमा पुगेको छ भने ६६ करोड ८४ लाख रहेको खूद ब्याज आम्दानी झिनो बढेर ६७ करोड १७ लाख पुगेको छ ।

नाफामा भएको बढोत्तरीका कारण १०।४७ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १२।०६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा यो बैंकले ९४ अर्ब ८९ करोड बढी निक्षेप संकलन गरी ८४ अर्ब ११ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.०८ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर १.८८ प्रतिशतमा सीमित बनाउने सफलता प्राप्त गरेको बैंकको समीक्षा अवधिमा कस्ट अफ फण्ड ६.१७ प्रतिशत, आधार दर ८.०९ प्रतिशत, सीडी रेसियो ८८.७० प्रतिशत, पीई रेसियो १९.८१ गुणा, प्रतिसेयर नेटवर्थ १२४।९५ रुपैयाँ र तरलता अनुपात २१.१९ प्रतिशत कायम भएको छ ।

१३, एभरेष्ट बैंक लि.
एभरेष्ट बैंक लि।को नाफा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३३ करोड ४७ लाखमा सीमित यो बैंकको खूद नाफा बढेर यो वर्ष ५७ करोड ८८ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष ४७ करोड ८२ लाखमा सीमित बैंकको संचालन मुनाफा बढेर यो वर्ष ८२ करोड ७३ लाखको उचाईमा पुगेको छ भने १ अर्ब २ करोड रहेको खूद ब्याज आम्दानी सामान्य बढी १ अर्ब ९ करोड माथि पुगेको छ ।

नाफामा बढोत्तरी भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) मा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षका यही अवधिसम्म १५.८१ रुपैयाँमा सीमित इपीएस बढेर २६.०४ रुपैयाँमा पुगेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंकले १ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

 

gold
prabhu bank
nawakantipur long