citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नोटको सट्टा कार्डबाट कारोबार गर्न आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६

काठमाडौ । कोभिड १९ को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि अग्राह गरेका हुन् । उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक बैङ्कका शाखाहरूमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बैङ्कहरूमा हुने भीडभाड कम गर्नका लागि बैङ्कहरूले इन्टरनेट, मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैङ्कर्स सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस पनि निःशुल्क हुने जनाइएको छ । वित्तीय संस्थाका प्रतिनिधि संस्थाहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस्तो सुविधा उपलब्ध हुने स्पष्ट पारेका छन् ।
यसैबीच नेपाल क्लियरिङ हाउसले पनि एक विज्ञप्ति जारी गर्दै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क यही चैत मसान्तसम्मका लागि मिनाहा गर्ने जानकारी गराएको छ ।
क्लियरिङ हाउसले मोबाइल एप्स, वेब, सदस्य बैङ्कको इन्टरनेट÷मोबाइल बैङ्किङ च्यानल तथा अन्य अप्रत्यक्ष/प्राविधिक सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस ई–पेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ ।

बैङ्क वित्तीय संस्थामा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ ।
यस्तो व्यवस्थाले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने जनाएको छ ।
कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा एक वा सोभन्दा बढी बैङ्क खाता लिङ्क गरी फन्ड ट्रान्सफरलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु. १० लाख र मोबाइल एप्सबाट एक लाख रुपियाँसम्मको प्रतिकारोबार रियल टाइममा गर्न सकिन्छ ।
नोट कारोबार गर्दा कोरोनालगायत विभिन्न किसिमका कीटाणु सर्नसक्ने सम्भावना रहेकाले बैङ्कहरूले नोटको प्रयोगलाई निरुत्साही गर्न यस्तो योजना ल्याएका हुन् । पछिल्लो एक अध्ययनले नोट अत्यधिक फोहोर हुने र यसमा सयौँ कीटाणु रहने देखाएको छ । आजको गोरखापत्रबाट

 

gold
himalayan life insurance long ad