नेपाल उद्योग बाणिज्य महासंघको चुनाव स¥र्यो सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन हुने सम्भावना
नीरज रञ्जित
आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६
काठमाडौ । बिस लाख उद्यामी व्यवसायीहरुके संगठन नेपाल उद्योग बाणिज्य महासंघको यहि चैत्र २८ र २९ गते हुने भनिएको ५४ औं साधारण सभा र नेतृत्व चयन सम्वन्धी निर्वाचन कार्यक्रम कोरोना भाइरसको महामारीका कारण एक महिना सात दिन पर सरेर आगामी २०७७ जेठ ८ र ९ गते काठमाडौ हुने गरि हिजो सम्पन्न महासंघको पदाधिकारी बैठकले निर्णय गरेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सतर्कता अपनाउन गत चैत्र ५ गते २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेपछि महासंघले आफ्नो ५४ औं साधारण सभा प्रभावित भएको भन्दै आगामी जेठमा साधारण सभा निर्वाचन कार्यक्रम सारेको हो ।
महासंघको ७७ जिल्लामा उद्योग बाणिज्य संघ, ३५६ नगरपालिकामा नगर उद्योग बाणिज्य संघ, ७ प्रदेशमा प्रदेश बाणिज्य संघ,दुई दर्जन द्धिराष्ट्रिय उद्योग बाणिज्य संघ,तीन दर्जन भन्दा बढी वस्तुगत संघ र चार सय भन्दा बढी प्रतिष्ठानहरु सदस्य रहेका छन ।
यी संगठनहरुबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधी साधारण सभा र निर्वाचन कार्यक्रममा सहभागी हुने छन । महासंघको यस पटक नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासंघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था भएकाले अध्यक्ष बाहेकका अरु पदमा निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, एशोसिएटस उपाध्यक्ष सहित चार दर्जन कार्यकारिणी निर्वाचनबाट निर्वाचित हुने छ ।
अध्यक्षमा निर्वाचन नहुने व्यवस्था भएपछि अब वरिष्ठ उपाध्यक्षमा तिव्र प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी घोषणा गर्दै देशव्यापी भेटघाट थिव्र पार्दै आएका छन ।
वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार महासंघको नेतृत्वका लागि आवश्यक भएको उद्यमी व्यवसायीहरुले बताउँदै आएका छन । ढकाललाई समर्थन गरेर प्रधानलाई जिल्ला नगर उपाध्यक्ष दोहो¥याउने सहमति गर्न चारैतिरबाट दवाव भैरहेको बुझिएको छ ।
जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएटस उपाध्यक्षमा सक्षम उम्मेदवारको खोजी भैरहेको छ ।
उपाध्यक्षमा आधा दर्जन उद्यमी व्यवसायीहरु आकंक्षी देखिएका छन । पदम ज्योतीले आफ्नो छोरा सौरभ ज्योतीलाई एशोसिएटस उपाध्यक्षमा उठाउन खोजी रहेका छन । महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान, पदम ज्योती, रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपराज पाण्डे, सुरज बैद्य, पशुपति मुरारक र वर्तमान अध्यक्ष भवानी राणा सहमति मै वरिष्ठ उपाध्यक्ष चयन गर्ने पक्षमा रहेर सहमति खोजि रहेकाले आगामी वैशाख भित्र महासंघमा सहमति हुन सक्ने प्रवल सम्भावना रहेको छ ।