नबिल बैंकद्धारा Nabil Cash Machine जारी जस मार्फत अब एटिएमबाटै रकम जम्मा गर्न सकिने
Nabil Cash Machine ले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ
काठमाडौं । आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस Nabil Cash Machine ले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने छन् ।
साथै यस मार्फत नबिल बैंकको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्फत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्र्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिबृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।


























