citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कुमारी बैंकको नाफामा आकर्षक वृद्धि

खुद नाफा ७२.७३५ ले बढेर २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ पुगे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ७२.७३५ ले बढेर २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा पनि ५३.४९ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ४६.५६प्रतिशत ले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ६९.१५ प्रतिशत ले बढेर २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank