Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

पेट्रोल, डिजेल र मट्टितेल.एलपी ग्यास सहितको मूल्य पुनः बृद्धि

civilbank long ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

गत असार १० गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मुल्य प्रति लिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मुल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मुल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।


२२ असार २०७८, मंगलवार २०:४३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad