citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । असार १५ गतेलाई  हरेक वर्ष राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् ।

असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।

यस वर्ष ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

gold
himalayan life insurance long ad