stcnepal long ad
global ime bank long

दोलखामा नेपाल बैंकको नेतृत्वमा जलविद्युत आयोजना बन्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौं । नेपाल बैंकको नेतृत्वमा अन्य आधा दर्जन बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणमा १६० मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । दोलखा जिल्ला विगु गाउँपालिकास्थित लाप्चे खोलाबाट विद्युत उत्पादन गर्न बैंक तथा अन्य वित्तीय संस्थाले लगानी गर्न लागेका हुन् ।

करिब २६ अर्ब लागतमा निर्माण हुन लागेको उक्त जलविद्युत आयोजनमा लिडिङ बैंकको रुपमा मुलुककै जेठो बैंक नेपाल बैंक रहेको छ । सह–वित्तीयकरण गर्न जुटेका बैकहरू र जलविद्युत उत्पादन कम्पनी एमभी गु्रपबीच गत पुस १ गते सम्झौता भइसकेको छ । आयोजना निर्माणको कार्य यहि मार्चदेखि शुरु हुनेछ । उक्त जलविद्युत आयोजना २ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

बैंकले उक्त परियोनजामा ५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले जानकारी दिए । उक्त आयोजना सम्पन्न गर्न लागि बैंक तथा वित्तीय संस्थाले साढे १९ अर्ब र वाँकी साढे ६ अर्ब प्रवद्र्धक एमभी दुगड ग्रुपले लगानी गर्ने भएको छ ।

परियोजनामा राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकको साढे ३ अर्ब, नेपाल एसबिआई बैंकको एक अर्ब र कर्मचारी सञ्चयकोषको २ अर्ब लगानी रहने छ । अझै दुई तीन वटा बैंक लगानी गर्न आउन बाँकी रहेको जनाइएको छ ।
एमभी ग्रुपले बैंक तथा बीमा, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ ।

IME Lifesidebar
kumari