macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा महावीर पुन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं ।  नेपाल बैंकले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । आज आविष्कार केन्द्रमा भएको एक समारोहबीच पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको हो ।

एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई नेपाल बैंकले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए ।  ‘हामी आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारीमा छौं,’  उनले भने ‘त्यसैले हामीले उहाँलाई एम्बास्डरमा नियुक्त गरेका हौं ।

पुनले देशका विकट ठाउँमा इन्टरनेट सेवा र्पुयाएर उदाहरणीय काम गरेको भन्दै म्याग्सेसे पुरस्कार दिइएको थियो ।  पुनले नेपालभर इन्टरनेट सेवा पुर्याउन सकिने योजना समेत बनाएका छन् ।

१९ फागुन २०७६, सोमवार १८:३९ बजे प्रकाशित

NTA long ad