stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अहिलेसम्मकै सर्वाधिक सेयर कारोबार भएपछि नेप्सेले निकाल्यो यस्तो बिज्ञप्ती

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । अनलाइन प्रणालीले सेयर बजारमा तरंग ल्याउन थालेको छ । खरिद बिक्रीमा अनलाइनले उत्साह भर्न थालेको नेप्सेको भनाई छ । यसैक्रममा आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च सेयर कारोबार भएको छ । यस दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । ३० हजार ४ सय ५७ कारोबारमा ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री भएको हो । यसरी कारोबारमा नयाँ कीर्तिमान कायम हुनुमा अनलाइन प्रणाली (नट्स) को पनि योगदान रहेको नेप्सेको भनाई छ ।

आइतबार भएको कुल रकममध्ये ४४ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ अनलाइनमार्फत भएको हो । यस दिन कारोबारमा संलग्न १२ हजार ३९५ लगानीकर्तामध्ये ३ हजार १८८ जनाले अनलाइन मार्फत कारोबार गरेका हुन् । अनलाइनमार्फत ३८ लाख ४० हजार ९०२ कित्ता सेयर किनबेच भएको छ ।

हालसम्म अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या २१ हजार ६७४ जना पुगेको छ ।        नेप्सेले कारोबार प्रणालीलाई सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल क्लियरिङ लिमिटेडको प्रणालीसँग  जोडेको छ । हाल एनसीएचएल मा ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कारोबारको रकम भुक्तानी गर्न सकिन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari