प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस २७ गते
काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा भिडियो कन्फ्रेन्स माध्यमबाट बिहान ११.३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई १५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
कम्पनीले ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।


























