citizens life insurance long ad
stcnepal long ad

आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार  अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक १७ गते बुकक्लोज हुनेछ ।

बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी बैंकले कात्तिक २८ गते १६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।

सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

विश्वभर फैलिएको कोभिड– १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।

IME Life
kumari