stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको असोज ३० मा बसेको संचालक समितिको बैठकले बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

कोभिड कहरको संक्रमणमा भईरहेको बृद्धि तथा आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा हाललाई स्थगित गर्ने निर्णय गरिएको हो ।

बैंकको २२ औं साधारण सभा  २०७७ कार्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।

साथै, उक्त बार्षिक साधारण सभा स्थगित हुँदा कोभिड कहरको कारण आम सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी पछि वस्ने बैंकको बाईसौं बार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई रु. २४,१०,८०,६६०.२५ (अर्थात चुक्ता पूँजीको २.८५ प्रतिशतका दरले ) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको जनाएको छ ।

बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले ) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) र रु.५९,४६,१६,९३१.०० (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत ) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।

prabhu mahalaxmi
kumari