stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

दशैं आजदेखि शुरु, पहिलो दिन घर घरमा घटस्थापना गरी जमरा राखिँदै साइत बिहान ११ः४६ बजे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा. सुनील सिटौला बताउनुहुन्छ । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यो पल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठी अन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभएको छ । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

उपत्यकाका नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा नित्य पूजा मात्रै गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस घर फर्कने गरेपनि यो वर्ष कोरोना संक्रमणको त्रासले अनावश्यक हिडडुल नगर्न सरकारले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari