माछापुच्छ्रे बैंक २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश
काठमाडौ. । माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ । ग्राहक महानुभावहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटास्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ ।
बैंकले नेपालमा नै पहिलो पटक We Chat वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ ।
बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ ।
माछापुच्छ्रे बैंक लि. ले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु संचालनमा ल्याएको छ ।
बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै Priority Counter पनि संचालनमा ल्याउदैँ छ ।
त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।
स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९९वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २०वर्षको गौरवमय यात्रामा साथदिनु हुने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अभ mउत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।






















