नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिकोत्सव समारोह २०७७ आश्विन ८ गते विहिवार कम्पनीको, प्रधान कार्यालय कमलादीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको आतिथ्यमा सम्पन्न भयो ।
कम्पनीको ७३ औं वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीको स्थापनाकाल देखि नै ग्राहकहरुको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कम्पनीलाई जेष्ठका साथै श्रेष्ठ बनाउने लक्ष्य तर्फ अग्रसर रहि आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा वीमित सम्म पु¥याउनको लागि नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा सञ्जाललाई बिस्तार गर्दे आएको र कम्पनीको यस अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरु, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरु, पूनर्बीमा कम्पनीहरु, सर्भेयरहरु, अभिकर्ताहरु, ब्रोकर तथा आम नागरिकहरुबाट आगामी दिनहरुमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रहि हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा हार्दिक आभार प्रकट गर्नुभएको थियो ।
कम्पनीले हाल प्रधान कार्यालय सहित देशका प्रमुख स्थानहरुमा रहेका ५० वटा शाखा कार्यालयहरु र इटहरी, कावासोती र एकान्तकुनामा ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरुबाट वीमा सेवा प्रदान गर्दै आएको र आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले ११७.७८ करोड बीमा प्रिमियम संकलन गर्नुका साथै २३.६५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र बितरण गरियो ।
हाल बिश्वभर फैलिरहेको कोरोना भाईरस (Covid-19) का कारण नेपाल सरकारकोे स्वाथ्य मापदण्डको पालना गर्दै कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरुसंग Virtual शुभकामना आदान प्रदान समेत गरी कम्पनीको ७३ औं वार्षिक उत्सव सम्पन्न यएको थियो ।






















