stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी १ दिनमा एक लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँ सम्म नगद निकाल्न सक्ने व्यवस्था गरेको छ ।

prabhu mahalaxmi
kumari