stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

 काठमाडौं महानगरका मेयर शाक्य कोरोना मुक्त भए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह लगन टोल स्थित निजी निवासमा फर्किएका छन् ।

उनी श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए । यद्यपि उनी सोल्टी होटलको आइसोलेसनमा बसेको महानगरपालिका स्रोत बताउँछ ।

मेयर शाक्य केही दिन आराम गरेर नियमित काममा फर्किने उनको निजी सचिवालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari