stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

युनिक नेपाल लघुवित्तले २ करोड ७० लाखको आईपीओ निष्काशन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

उक्त सेयर निष्काशन गर्नको लागि लघुवित्तले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल लघुवित्तको अधिकृत पुँजी १० करोड, जारी पुँजी ९ करोड, र चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । यस्तै, सर्वसाधारणलाई सेयर जारी गरी बाँडफाँड गरे पश्चात संस्थाको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्ने छ ।

 

prabhu mahalaxmi
kumari