stcnepal long ad
global ime bank long

राजश्व संकलन गर्ने बैंकका काउन्टर भदौ २५ गतेसम्म खुला गर्न राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।

राजश्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नु पर्ने भएको हो ।

No photo description available.

IME Lifesidebar
kumari