sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बैंक तथा वित्तिय संस्थाहरू चुक्ता पुँजी,शाखा सञ्जाल र एटिएमहरूले सबल र बलियो बन्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा स्थापना भएका २० वटा वाणिज्य बैंक,१७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी बढदै गएर थप सबल र बलियो हुन थालेका छन। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरू चुक्ता पुँजीका हिसावले सबल र बलियो भएको पाइएको छ।

बैंकिङ क्षेत्रलाई सबल मान्ने धेरै आधारहरूमध्ये नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीलाई पनि एउटा प्रमुख आधार मान्दै आएको छ र यस्तो पुँजी प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले बर्सेनि केही मुनाफाका रूपमा बोनस सेयर दिने भएकाले गर्दा पनि चुक्ता पुँजी वृद्वि हुन पुगेको र यसले पनि बैंकिङ क्षेत्र चुक्ता पुँजीका हिसावले थप सबल बन्दै गएको देखिएको हो ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो आठ महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका र क्षेत्रीय स्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स सहितका ५४ वटा संंस्थाहरूको कुल चुक्ता पुँजी ४ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको पाइएको छ ।

यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ९५ करोड ९० रुपैयाँले बढेको पाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी ४ खर्ब ३६ अर्ब ४१ करोड २० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा २० वटा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३० करोड ७० लाख रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ रहेको थियो । यसैगरि १७ वटा विकास बैंकहरूको चुक्ता पुँजी भने पछिल्लो अवधिमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको देखिन्छ ।

यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ करोड ८० लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब १७ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

यस्तै १७ वटा फाइनान्स कम्पनीहरूले भने पछिल्लो अवधिमा १५ अर्ब २७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ५० लाख रुपैयाँले बढेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या पछिल्लो अवधिमा ६ हजार ५ सय ४ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैैैंकहरूको ५ हजार ८१, विकास बैंकहरूको १ हजार १ सय ३२ र फाइनान्स कम्पनीहरूको २ सय ९१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या ६ हजार ४ सय ६४ वटा रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूको ५ हजार ४१ वटा, विकास बैंकहरूको १ हजार १ सय ३५ वटा र फाइनान्स कम्पनीहरूको २ सय ८८ वटा शाखाहरू सञ्चालनमा रहेको राष्ट्र बैंक स्रोतबाट जानकारी पाइएको छ ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुल एटीएम काउन्टरको संंख्या पछिल्लो अवधिमा ५ हजार २ सय ४२ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको ४ हजार ८ सय ५७ वटा, विकास बैंकहरूको ३ सय ४४ वटा र फाइनान्स कम्पनीहरूको ४१ वटा एटिएम काउन्टरहरू सञ्चालनमा रहेको रहेको पाइएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल ५ हजार ९१ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका थिए ।

उक्त संख्यामध्येमा वाणिज्य बैंकहरूको ४ हजार ६ सय ९९ वटा, विकास बैंकहरूको ३ सय ४८ वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

gold
kumari bank
nawakantipur long