stcnepal long ad
nabil bank
macchha(MBL)

हिमालयन एभरेष्ट इन्स्योरेन्समा जागिर छाडनेहरूको लर्को

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अनावश्यक हस्तक्षेपले हिमालयन एभरेन्ट इन्स्योरेन्स लिमिटेडका सिईओ,डिजीएम (उपमहाप्रवन्धक)देखि विभागीय प्रमुखहरुले समेत राजिनामा दिएर कम्पनी छाडन थालेका छन् ।

इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले कम्पनीलाई पारिवारिक एण्ड कम्पनी बनाउन खोजेको र उनका छोरा मनिषकृष्ण श्रेष्ठले दैनिक जसो हेडअफिसमा आएर अनाधिकृत रूपमा विभागिय प्रमुखहरूसँग बिफ्रिङ लिने र यसो गर,उसो गर भनेर निर्देशन दिन थालेकाले हिमालयन एभरेष्ट इन्स्योरेन्सका उपमहाप्रवन्धक र विभागिय प्रमुखहरूले राजिनामा दिएका छन।

अध्यक्ष श्रेष्ठ र उनका छोराको यस्ता हर्कतबाट उच्च तहका कर्मचारीहरू असन्तुष्ट छन। अध्यक्ष श्रेष्ठले कम्पनीसँग असम्वन्धित आफ्नै छोरा मनिषकृष्ण श्रेष्ठलाई कम्पनी दैनिक प्रशासनिक काममा अनाधिकृत रूपमा हावी गराएका छन।

मनिषकृष्णले विभागिय प्रमुख,डिजिएम र सिईओको काममा अनावश्यक हस्तक्षेप र नियन्त्रण गर्न खोजेको, संस्थागत सुशासन बिथोल्ने प्रयास गरेको भन्दै उनीहरु असन्तुष्ट भएर कम्पनी छाडेनको समाचार स्रोतले बताएको छ।

चुक्ता पुँजी बढाउनुपर्ने नेपाल बीमा प्राधिकरणको बाध्यकारी नीतिपछि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्ज भई हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेको थियो । मर्जरलाई सफल बनाएसँगै सिईओ विजयबहादुर शाहलाई अध्यक्ष श्रेष्ठले बलपूर्वक निष्काशन गरेका थिए ।

त्यसपछि कम्पनीको नयाँ सिईओमा अन्जु श्रेष्ठलाई नियुक्त गरेका थिए। उनी सिईओ भएपछि कम्पनीको ओरालो यात्रा सुरू भएको छ। कम्पनीको मुनाफा आधा घटेको छ। सिईओ श्रेष्ठ पनि अधिकारविहीन अवस्थामा छिन् ।

इन्स्योरेन्सको सबै कार्यकारी अधिकार अध्यक्ष श्रेष्ठले प्रयोग गर्दै आएका छन् । अन्जु श्रेष्ठ नाम मात्रको सिईओ छिन। अध्यक्ष श्रेष्ठ र मनिषकृष्ण श्रेष्ठले जे आदेश दिन्छन,त्यसैमा हस्ताक्षर गरेर बस्नुपर्ने उनको अवस्था छ। सञ्चालक समितिमा पनि अध्यक्ष श्रेष्ठकै हालीमुहाली चल्दै आएको छ। उनका अगाडि अन्य सदस्य मौन बस्ने गरेका छन।

बीमा क्षेत्रका अनुभवी र योग्य व्यवस्थापकको रुपमा चिनिएका बिजयबहादुर शाहलाई अध्यक्ष श्रेष्ठले बलपूर्वक हटाएसँगै कम्पनीको संस्थागत सुशासन अति कमजोर हुँदै आएको छ। यस इन्स्योरेन्सको वित्तीय अवस्था समेत खस्किएको स्रोतको दाबी छ ।

अध्यक्ष श्रेष्ठका बाबु–छोराले एभरेष्ट इन्स्योरेन्सबाट आएका कर्मचारीहरुलाई समान व्यवहार नगरि भेदभाव र अन्यायपूर्ण व्यवहार गर्दा पनि एभरेष्ट इन्स्योरेन्सको मुख्य लगानीकर्ता खेतान समूहले खासै चासो दिएका छैनन।

राजेन्द्र खेतान,सिपी खेतान र पिपि खेतान सिंगापुर,दुबई र मुम्बईमा रमाउदा एभरेष्ट इन्स्योरेन्सबाट मर्जभई आएका कर्मचारीहरु पीडित हुनुपरेको स्रोतको दाबी छ ।

अध्यक्ष श्रेष्ठले कम्पनीको सञ्चालक समिति बैठकमा असम्वन्धित व्यक्ति छोरा मनिषकृष्ण श्रेष्ठलाई राख्ने, निर्णयमा छोरा नै हावी हुने, हरेक मंगलबार कम्पनीमा छोराले बैठक राखेर डिजीएमदेखि विभागीय प्रमुखसम्मलाई अनावश्यक वित्तिय ब्रिफिङ लिने, वित्तिय दबाब दिने,वित्तिय अवस्थाको कागजात माग्ने,फलानोलाई बीमा भुक्तानी दिने,फलानोलाई भुक्तानी नदिइ रोक्ने,फलानोलाई सापटी ऋण दिने,फलानोलाई नदिने भनी गैरकानुनी आदेश दिने,केरकार गर्ने,अनावश्यक र कम्पनीलाई संस्थागत रूपमा हानी नोक्सानी पुर्‍याउने निर्देशन दिने, कम्पनीका हरेक गतिविधिमा छोराले नै सुक्ष्म व्यवस्थापन गर्ने आदि अनाधिकृत कार्य गर्दै आएकाले यस इन्स्योरेन्स कम्पनीमा संस्थागत रूपमा काम गर्ने वातावरण नभएको कम्पनीका एक उच्च व्यवस्थापकले बताएका छन ।

उनले नाम नबताउने शर्तमा भने– ‘कम्पनीलाई प्राइभेट कम्पनी होइन, पारिवारिक कम्पनी जस्तो बनाइएको छ । यहाँ कार्यालय सहायकदेखि डिसिईओसम्म कोही खुशी छैनन् । पब्लिक कम्पनीलाई समग्र कम्पनीको हितमा चल्नु दिनुपर्छ ’ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओ अन्जु श्रेष्ठको अति कमजोर कार्यक्षमता,अध्यक्ष श्रेष्ठको एसमेन भएर काम गर्ने कार्यशैली,कम्पनीको हित भन्दा अध्यक्ष र उनका छोराको हितमा कम्पनीको वित्तीय अवस्था दुरूपयोग गर्न अग्रसर हुने कार्यशैली, बालपन,अनुभवहिनताले पनि कम्पनीका अध्यक्ष श्रेष्ठले खेल्ने र हेप्ने मौका पाएको कर्मचारीहरुको भनाई छ ।

इन्स्योरेन्स कम्पनी स्रोत भन्छ (ूसञ्चालक समितिको प्रायः हरेक बैठक अध्यक्षको घरमा बस्छ । कम्पनीले दिने हरेक भुक्तानीको चेकमा हस्ताक्षर गर्न कर्मचारीहरु अध्यक्षको घरमा धाउनुपर्छ । अरु कुनै कागजमा हस्ताक्षर गर्नुपर्यो भने पनि अध्यक्षकै घर धाउनुपर्छ ।

अहिले एउटा विभागको प्रमुखलाई लगेर एक्कासी सिईओ बनाइदिएको छ । पारिवारिक सम्वन्ध भएकोले सिईओ दिएको हो । तर लामो समयसम्म सिईओ अन्जु श्रेष्ठलाई पनि अध्यक्षले राख्छन् जस्तो लाग्दैन।’

व्यवस्थापकीय भूमिकामा सञ्चालक समितिका अध्यक्ष वा कुनै पनि सदस्यहरूले अनावश्यक हस्तक्षेप गर्न नमिल्ने कानुनी व्यवस्था भएपनि अध्यक्ष श्रेष्ठ आफै मात्रै नभएर छोरा मनिषकृष्णले समेत हरेक दिन आएर कम्पनीका उच्च व्यवस्थापकसम्मलाई हप्कीदप्की गर्ने,अनावश्यक निर्देशन दिने, कम्पनीको कारोवार र वित्तिय अवस्थामा चासो राख्ने,वित्तिय विवरण लिने र खोजीनीति गर्ने कुराले कर्मचारीहरुमा हैरानी र निराशा बढ्दै गएको एक कर्मचारीले बताएका छन ।

सिईओ अन्जु श्रेष्ठले अध्यक्ष श्रेष्ठलाई पूरानो हुण्डाई गाडी दिएर सञ्चालक समितिको बैठकमा मात्रै बोलाउनुपर्नेमा सिईओ अन्जुले अध्यक्षलाई खुशी पारेर आफ्नो कार्यकाल बढाउन कम्पनीको पौने दुई करोड मूल्यको मित्सुबिसि गाडी प्रयोग गर्न दिएकी छिन् । यो गाडी अध्यक्ष श्रेष्ठले घरायसी हरेक काममा दुरुपयोग गर्दै आएको स्रोतले बताएको छ। आम जनताको लगानी रहेको पब्लिक कम्पनीको सम्पत्ति यसरी अध्यक्षले दुरुपयोग गर्दा पनि नेपाल बीमा प्राधिकरण नेतृत्वले कुनै चासो नदिएको गुनासो बढेको छ।

स्रोतको अनुसार अध्यक्ष श्रेष्ठको घरमा काम गर्ने चालक, सुरक्षा गार्ड र घर रेखदेख गर्नेले समेत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाटै तलब खाइरहेका छन् । राणाहरुको अपुताली सम्पत्तिबाट धनी भएका अध्यक्ष श्रेष्ठले आफूलाई राणा खानदानी जस्तै देखाउने गर्छन ।

बिजयबहादुर शाहले अथक मेहनतबाट सहज मर्ज गरेको हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्समा लगानीकर्ताको अब राम्रो वित्तिय प्रगति र सुशासन हुने ठुलो आशा र अपेक्षा गरेका थिए। उनीहरूको यो आशा र अपेक्षामा अध्यक्ष श्रेष्ठले सक्षम,योग्य,अनुभवी र कार्यकुशल सिईओ शाहलाई हटाएर क्षमता र अनुभवहिन अन्जु श्रेष्ठलाई सिईओ बनाएर कुठाराघात गरेका थिए। यसपछि त कम्पनीका क्षमतावान,सक्षम,अनुभवी र पुराना कर्मचारीहरूले एकपछि अर्कोगर्दै जागिर छोड्ने क्रम बढेर गएको छ।

सिईओ अन्जुको कम्पनीमा कार्यकारी भूमिका खासै छैन । उनी अध्यक्ष श्रेष्ठको एसमेन बनेर जागिर मात्रै खाइरहेकी छिन । उनलाई सिईओले के काम गर्नेरु,कम्पनीको व्यापार कसरी बढाउने, नयाँ व्यापार योजना र कार्यक्रम कसरी ल्याउने रु मुनाफा कसरी बढाउने रु भन्ने कुरा पनि थाहा छैन ।

अर्कोतिर तत्कालै गर्नुपर्ने निर्णय पनि समयमा गर्दिनन। सेवाग्राहीले समयमा सेवा खोज्छन् । तर विभागिय प्रमुखहरूले अनाधिकृत व्याक्ति अध्यक्षका छोरा मनिषकृष्णलाई बिफ्रिङ गरेर बस्नुपर्छ । उनलाई कन्भिन्स नगरि कुनै निर्णय गर्न सकिँदैन एक विभागिय प्रमुखले बताए ।

यस्तै सिईओ अन्जु श्रेष्ठको बोली र व्यवहार पनि ठिक छैन । आफ्ना सहकर्मीलाई कसरी प्रोत्साहित गर्ने, कसरी संरक्षण गर्ने रु कसरी काममा लगाउने रु उनलाई थाहा छैन । कम्पनीमा अध्यक्षको हस्तक्षेप र सिईओ श्रेष्ठको कार्यशैली, बोली वचन र व्यवहारले गर्दा हालै मात्र कम्पनीका महाप्रवन्धकद्धय सञ्जय अर्याल, काशीनाथ बुर्लाकोटी, वरिष्ठ प्रवन्धक धीरज ढुंगाना, निर्गुण सिंहले कम्पनी छोडेका छन् ।

सोही कारण यसअघि पनि केही शाखा प्रमुखहरूले जागिर छोडेका थिए । जागिर छोड्ने क्रम बढ्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन तह नै रित्तिन सक्ने अवस्था देखिदैछ । विशेषगरी तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट मर्ज भएर आएका सक्षम,योग्य,अनुभवी र कार्यकुशल कर्मचारीहरुप्रति अध्यक्ष श्रेष्ठले गरेको भेदभाव र पक्षपातपुर्ण व्यवहार र निर्णयका कारण केही मुख्य शाखा कार्यालय र प्रादेशिक कार्यालयका प्रमुखहरुले पनि जागिर छोडन लागेको स्रोतले जानकारी दिएको छ ।

तात्कालिक सिईओ विजयबहादुर शाहको पहलमा दुई इन्स्योरेन्स कम्पनी मर्ज भएपछि सबै समस्याहरुलाई समाधान गर्दै उनले नयाँ कम्पनी सुदृढ बनाउँदै लगेको बेला एक्कासी अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले सिइओ शाहलाई छापामार शैलीमा हटाएका थिए ।

शाह विदेश गएको मौका छोडेर उनलाई हटाउने निर्णय श्रेष्ठले घरमा बैठक राखेर गरेका थिए । तर शाहलाई निष्काशन गरेसँगै कर्मचारीहरुले हिमालयन एभरेष्ट इन्स्योरेन्स छोड्ने क्रम तीब्र भएको छ । यसरी एकपछि अर्को गर्दै अन्य योष्य,सक्षम,अनुभवी कर्मचारीहरूले पनि छोड्ने तयारी गरेपछि हिमालय एभरेष्ट संकटग्रस्त हुन थालेको छ ।

कम्पनीको वित्तीय अवस्था खस्किँदै जाने, संस्थागत सुशासनभन्दा बाहिर गएर अध्यक्ष र उनका छोराको नीति निर्देशनमा निर्णय हुने, तर त्यसको छानविन र कारवाही हुँदा जिम्मेवारी भने उपमहाप्रबन्धक,विभागिय प्रमुख र शाखा प्रमुखहरुले लिनुपर्ने जोखिमका कारण कर्मचारीहरु राजिनामा दिदै यस इन्स्योरेन्स कम्पनीबाट पलायन हुने क्रम बढेको स्रोतले बताएको छ।

prabhu mahalaxmi
kumari