नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को सचिवालय बैठक आज ३ बजे बस्दैछ । नेकपा भित्रै आन्तरिक किचलोका कारण पार्टी पङ्ति नै फरक फरक धारमा उभिएनुका साथै सरकार परिवर्तन गर्नुपर्ने चर्को आवाज पार्टीमा उठेपछि यसको समाधान गर्न बैठक केन्द्रीत हुने बताइएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति अन्य नेताहरु असन्तुष्ट रहेका छन् । पार्टी र सरकार स्वेच्छाचारि ढंगले संचालन गरेको अर्का अध्यक्ष सहित अन्य नेताहरुको आरोप छ । असार १० गतेबाट जारी स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीलाई दवाव छ । तर उहाँ कुनै हालतमा राजीनामा दिने पक्षमा हुनहुन्न ।
यसअघि दुई अध्यक्षबीच सहमतिका लागि धेरै पटक भेटवार्ता भएपनि कुनै पनि विषयमा सकारात्मक निर्णय हुन नसकेपछि नेताहरू पुनस् सचिवालयमै फर्किएका हुन् ।
शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक आइतबार दिउसो ४ बजेका लागि सारिएको छ । दुई अध्यक्षको असमझदारीका कारण यसअघि पनि स्थायी कमिटी बैठक पटक–पटक सर्दै आएको थियो ।



























