प्रभु इन्स्यारेन्सले धितोपत्र बोर्डसँग ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्यो
कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो ।

काठमाडौं । प्रभु इन्स्यारेन्सले नेपाल धितोपत्र बोर्डसँग ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ ।
कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।
प्रभु इन्स्यारेन्सले गत वैशाखमा ४.७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।
प्रस्तावित हकप्रद सेयर जारी भएमा यसको चुक्ता पुँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ । प्रभुको हकप्रद सेयरमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।