citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

किसान माइक्रोफाइनान्सको नाफा घट्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा किसान माइक्रोफाइनान्सको नाफा ७२.३०% ले घटेर ३६ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष किसानले १ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको सञ्चालन नाफा ३२ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको सञ्चालन नाफा १ करोड ८५ लाख २१ हजार रुपैयाँ थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २.०२% ले घटेर ५ करोड ३८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ५ करोड ४९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा र खुद आम्दानीमा ह्रास आउनु अनि खराब कर्जा अनुपात चुलिनुले किसानको नाफामा नकारात्मक असर परेको हो ।

खराब कर्जा ह्वात्तै बढ्दा प्रोभिजन गर्नुपरेको छ । यसअवधिमा किसानको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५१ पैसा रहेको छ । यता, गत वर्ष १.३७% मा रहेको खारब कर्जा यस वर्ष बढेर ५.०१% पुगेको छ ।

gold
kumari bank