evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

फर्स्ट माइक्रोफाइनान्सको दोश्रो त्रैमास रिपोर्ट सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले ६ महिनाको अवधिमा १४ करोड ४४ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको  तुलनामा नाफा ३८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १० करोड ४४ लाख नाफा कमाएको थियो ।

कम्पनीको खुद व्याज आम्दानी २६ प्रतिशतले वृद्धि हुँदै २३ करोड ५ लाख पुगेको छ भने संचालन मुनाफा २० करोड ६४ लाख छ ।

१ अर्ब १४ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ९७ लाख संचित हुँदा रिटेण्ड अर्निङ्ग्समा १४ करोड २० लाख संचित रहेको छ ।

प्रकाशित तथ्यांक अनुसार वार्षिक प्रति शेयर आम्दानी २५ रुपैयाँ १८ पैसा, प्रति शेयर नेट्ववर्थ १३३ रुपैयाँ २७ पैसा छ।

गत वर्ष दोश्रो त्रैमाससम्म शून्य रहेको निस्क्रिय कर्जा अहिले आउँदा शून्य दशमलव १७ प्रतिशत पुगेको छ ।

लघुवित्त र सहकारीलाई १० अर्ब माथि कर्जा प्रवाह गरेको कम्पनीले ८ अर्ब ७३ करोड निक्षेप संकलन गरेको छ ।

igi long
himalayan life insurance long ad