adbl long ad
nabil bank
stcnepal long ad
national life

समृद्धि फाइनान्सको २१ औं बार्षिक साधारण सभा सम्पन्न

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटौंडा, मकवानपुरको होटेलएभोकाडो “अर्किड रिसोर्ट”मा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफानोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने,आ.व. २०७९/८०लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल भएको थियो।

साथै, सञ्चालक समितिको लागिसंस्थापक समुहतर्फबाट १ (एक) जना र सर्वसाधारण समुहतर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको हुँदा संस्थापक समुह बाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएकी छिन् ।

सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

३० पुस २०७९, शनिवार १९:५५ बजे प्रकाशित

Election
stcnepal long ad